डा दिनेश कार्की

www.DineshKarki.com

DrDineshKarki@gmail.com

प्राय , चिल्लो ग्ल्यामर पत्रीकामा प्राय उही युबती फर्की फर्की फिचर हुन्छिन। महिलाकै बारेमा छापिने पत्रीका हरूमा पनि कभर वा फिचर कुनै न कुनैहिसाब ले उही र उस्तै अनुहार देखिन्छन ।  अखबार को कोलम त ल ठिकै छ कसैले केइ समय लेखेर आफ्नो सिरिज सकोस , केइ भाको देओस ।

उता साहित्यिक जमघटमा उही र उस्तै मान्छे दोहोरिन्छन उही एउटै होराइजन, एउटै र उस्तै कुरा राख्दै दोहोर्याइ तेहेर्याइ ट्यांउ-ट्यांउ ।  

चिन्तन चौतारीमा पनि कुनै फरक छैन । एउटा पि ए च् डि गरेको ब्यक्ती सन्दर्भ बिहिन अवस्थामा पनि खोकी रहेका हुन्छन बार बार उस्तै कुरा ! 

अब, जाउ नयाँ पिंढी  अनी इन्नोभेसन तिर, युवाको ग्रोथ तिर। त्यहाँ पनि एउटा भुत्ते गेस्ट वा स्पिकर ( जो सङ्ग इन्नोभेसन भन्दा पनि ब्याक डोर इन्ट्री बाट कमाको  प्रमाणपत्र वा पैसा वा पद चाँही छ ) हिरो  बन्छन  अनी त्यै तीन ठाउँ पुगेका लाटो देशका  गाँडो तन्नेरी  टाइपका इन्नोभेटर फुर्ती झारी रहेका हुन्छन एउटै रटान. अनी, बडिङ्ग, र नयाँ आस भएका हरू कसरी उम्रिनी वा पलाउने समय आउछ ?  आजको सोसियल मिडिया हाबी भएको बेला वा  यू ट्यूबमा रेकर्डको जमानामा एउटा मान्छेको आइडिया एक दुई बर्षमा एक वा दुई वा तीन ठाउमा आउनु पर्छ। अनी अरू नयाँहरुको आइडिया बिस्तारै देखिनु पर्छ।

जानेको भोगेको सिकेको कल्पेको कुराहरु बाड्ने तिर लाग्दा,   

बिजय कुमार ले खुशी लेखे। त्यो चल्यो। चल्यो भनेर उन्ले अर्को किताब छिट्टै लेखेनन किनकी लेख्या भा नचल्न सक्थ्यो । किन भने एउटा मान्छे सङ्ग केइबर्षमा एउटा दुइटा मात्र  कन्सेप्ट सेयरेबल / सेलेबल हुन्छ।

नारायण दाइको मैले पल्पसा क्याफे खुब चाख मानि मानि पढे तर उहाँको  मयूरी टाइम्स तिर अली चासो गएन  किनकी यो अली छिट्टै आयो । बरु “कफी गफ कलेक्सन् “ ले मन जित्थ्यो कि ।?  बुद्धी सागर जिको कर्णाली ब्लुज यती मजाको थ्यो र  भावनामा बहकिदै मजाले सिध्याएँ  तर त्यसपछिको किताबमा म पहिलो च्याप्टरमै अड्केको छु। यो पनि अली छिट्टै आयो र मेरो एक्स्पेटेसन नभेटेको हुन सक्छ। ।उहाँको  त्यो धारिलो लेखन “काठमान्डु अनुभब”को रुपमा आयो भने फेरी अवस्य पनि सुपर हिट हुनेछ ।  सम्राट उपाध्याएको एरेस्टिङ्ग गड इन  काठमाडौंपर्याप्त थ्यो काठमाडौं परीचय  दिन वा बुद्धज अर्फान् पर्याप्त छ। दुइटै होइन ! अब समय छ भने दुबइ हेरे भो तर त्यो समयमा नयाँ केइ गर्न सकिएला। तरमैले दुबइ पढे , लाग्छ त्यल्लाई मर्ज गर्ने हो भने दामी काठमाडौं परिचय दिने कृति बन्छ।

फिलिममा कुरो त्यस्तै छ। तपाईं आफैंले बुझ्नु भाको छ।  गन्थन नलेखौं .

हामी अध्ययन गर्दै गर्दैनौ, एउटा भावना सेल भो भने , आइडिया सेल भो भने , एउटा अनुभब सेल भो भने , एउटा रचना सेल भो भने त्यै ज्ञान कपी, पारीमार्जित गरेर बेचिरहन खोज्छौ कुनै जमानामा हाइवेमा बासी भात तताएर बेचे जसरी “यिनार्ले यो नखाए के खान्छन त ! यहाँ खासै यस्को बिकल्प के पाउलान र!” खाल्को धारणा बोकेर बेचे जसरी । हामी विश्व स्तरिय रिसर्च खोतल्दैनौ , राम्रा पुस्तक पढ्दैनौ! सके सम्मरी सम्म पढेर खोक्छौँ   नभए चोर् चार गरेर भा पनि यतै तान्न खोज्छौ भाषान्तरित रुपमा।

कला, साहित्य, ज्ञान, अन्वेशण, आविस्कारका कुरा एक भन्दा अर्को फरक हुनुपर्छ, नयाँले आशाबादी भाईब्रेसन सहित् बिस्थापित गर्नु पर्छ । चाहे त्यो एउटा सानो त्यान्द्रोमा मात्र झुन्डेको किन नहोस्। ठूलोलठारोमा नछिन्ने गरी बाँधिएको पूरानो र सबै तिर त्यै एउटै कुरो लामो समय सम्म लन्ठ्याङ-लन्ठ्याङ गरिरह्यो भने,  मानब समाज को कसरी बिकास हुन सक्छ ? बिबिधता कसरी आउन सक्छ?    

हामी नेपाली पैसो कमाउने ब्यापारहरूमा  मात्र माफिया छ भन्छौ , 

तर म त सबै तिर माफिया देख्छु : 

“बौद्धिक माफिया”

“सौन्दर्य माफिया “

“चिन्तन  माफिया “ 

“ग्रोथ माफिया” 

त्यसैले त यहाँको थिन्क ट्यान्क, फ्यासन , लिटररी सर्कल , बिउटी लेभल, इन्नोभेसन,मोटिभेसन भौगोलिक छलङ्ग मार्नु पर्ने ठाउँमा  त्यै रक्सौल पनि काट्न सक्दैन !

अब चाँही बहश चलाऊनु पर्छ । अली टाढै पुग्ने ज्याभलिन थ्रो हान्नु पर्छ।

Leave a Reply