राज कुमारले आफैले मन पराएकि स्त्री बिहे गरि ल्याएकोमा महाराज त्यति खुसि नभए पनि, उस्को लागि एउटा महल बनाएर राखिदिने भने निधो गरे । जब उन्ले महल बनाएर सके, सु सम्पन्न दर्बार सहित नया महलका सबै धाराहरूबाट एक थोपा नि पानी झरेन ।
महाराज आत्तिए।
आर्किटेक्ट बोलाए, प्लम्बर बोलाए , कसैले सकेनन । अन्तमा, ज्योतिसले ध्यानले खिचेर समाधानको बाटो भेटे , “राज कुमारले पैलेइ लस्पस गरेर ल्याएकि यि नानिको कारणले गर्दा सबै धाराहरू बन्द भएका हुन ।यी नानीलाई राज कुमारले छोड्ने हो भने , धारामा पानी आउछ ।”
महाराज नारिबादी थिए । उन्ले छोराको खुशी भत्केको अनी नयाँ दुलहिको बिछोड देख्न चाहेनन । बरु भने , “छोरा, तिमी यि नानीलाई लियर अन्तै कतै जाउ । पानी हामी कतै बाट ल्याएर भने पनि निर्बाह गरुम्ला। तिमार्को कारणले पानी नआएको थाहा भयो भने सारा दरबार आक्रोसित होला । तिमारुको बिछोड गराउन सबै लाग्लान ।”
राज कुमार आफ्नी प्राण प्यारी चेपेर निस्किए ।
एक्कासी केइ दिनमा दरबारको धाराबाट पानी ह्वाल ह्वाल्ती आयो । दरबारमा सारा खुशी छायो। गाग्रोमा बोक्नुपर्ने पानी अब धारोमै आए पछी सबै खुशी हुने नै भए।
खासमा भएछ के भने ती नानी राज कुमार भन्दा पनि दरबारको दौलतको लागि गएको “Gold Digger” रहिछन। दरबार बाटनै निस्केको राज कुमारको अब के काम भन्ने सोचेर उनी ती राज कुमारलाई छोडेर आफ्नो बाटो लागिछन । राज्कुमार पनि ऐले आफ्नै दरबार फर्की नयाँ राज्कुमारीको कुरा चलाऊन आफ्न बा समक्ष् प्रस्तुत हुँदा भए !